Logo
७ बैशाख २०८१, शुक्रबार
(August 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा फेरि बढ्यो कोरोना, एकैदिन थपिए ४१०७ जना संक्रमित

नेपालमा कोरोना संक्रमित फेरि बढ्दो देखिएको छ । आज थप देशभर ४ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३५४ जनाको पिअिसार परीक्षण गर्दा २ हजार ९७५ र र ४ हजार ९४४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार १३२ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर एक हजार ५३५ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको छ।

देशभर ३३ हजार ४६४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ७१४ जना आइसियुमा र १५६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर ३७५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: Aug 4, 2021

प्रतिक्रिया दिनुहोस्