Logo
२९ असार २०८२, आईतबार
(August 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वमिस नेपाल श्रृङ्खला स्नातकोत्तर अध्ययनका लागि अमेरिका प्रस्थान

पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा अध्ययनका लागि हिजो (सोमबार) अमेरिकी प्रस्थान गरेकी छिन् ।श्रृङ्खला हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न अमेरिका गएकी  हुन् ।

खतिवडालाई बिदाई गर्न त्रिभुवन विमानस्थलमा उनका प्रेमी सिसन बाँनिया र परिवारका केही सदस्य गएका थिए । बिदाईका क्रममा सिसन र श्रृङ्खला केही समय भावुक समेत देखिएका थिए ।

केही समय अगाडि उनले आफू हावर्ड विश्वविद्यालयमा अध्ययनका लागि जान लागेको जानकारी गराएकी थिइन् । श्रृङ्खलाले आर्किटेक्चरमा स्नातक गरिसकेकी छन् ।

मिस नेपाल भएपछि श्रृङ्खला चर्चामा छिन् । विशेषगरी, उनको सुन्दरता र बौद्धिकताको प्रशंसक विश्वभरका नेपाली छन् ।श्रृंखला न्यूयोर्कमा आयोजना हुने मिस नेपाल नर्थ अमेरिका ब्यूटी पेजेन्टमा जजका रुपमा सहभागि हुनेछिन् ।

प्रकाशित मिति: Aug 3, 2021

प्रतिक्रिया दिनुहोस्