Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज नेप्से परिसूचक ४ अङ्कले बढ्यो

सोमबार सेयर बजार परिसूचक नेप्से ४.०६ अङ्कले बढेर ३ हजार ८५.०७ विन्दुमा पुगेको छ । गत आइतबार झिनो ९१.२५० अङ्कले मात्र बढेको बजारमा सोमबार माइक्रो फाइनान्स समूह चम्किदा ४ अङ्क माथिको सुधार भएको हो ।

सोमबार माइक्रो फाइनान्स समूहको मात्र सेयर मूल्य २.२२ प्रतिशतले वृद्धि भएको छ भने, यस दिन कारोबार रकम समेत ११ अर्ब हाराहारीमा भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस दिन कुल २२६ कम्पनीका २ करोड १८ लाख कित्ता माथिको सेयर बजारमा एक लाख पटक माथि किनबेच हुँदा १० अर्ब ९८ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ ।

गत आइतबार १.२५ अङ्कले बढेको बजारमा १२ अर्ब १० करोड माथिको कारोबार भएको थियो ।

प्रकाशित मिति: Aug 2, 2021

प्रतिक्रिया दिनुहोस्