Logo
४ आश्विन २०७८, सोमबार
(August 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गायक दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक तथा मोडल दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानको आईतबार बसेको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो । प्रतिष्ठानले निर्णय भने सार्वजनिक गरेको छैन् । ।

दुर्गेशले १० दिनअघि आफ्नै शब्द, संगीत र स्वरमा ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेका थिए ।

उक्त गीत ल्याउनुअघि नै प्रतिष्ठानले ‘ख्यास्स पुतली’ शब्दमा आपत्ति जनाएको थियो । सो गीत तीजको मर्म विपरित रहेको र गीतले कला संस्कृतिमाथि प्रहार गर्ने ठहर गर्दै आपत्तिजनक शब्दहरु फेरबदल गरी प्रस्तुत हुन आग्रह गर्दै दुर्गेशलाई पत्रसमेत नै काटेको थियो ।

तर, प्रतिष्ठानको आग्रहलाई बेवास्ता गर्दै दुर्गेशले गीत सार्वजनिक गरे । उक्त गीतले तीजको मर्ममाथी प्रहार गरेको प्रतिष्ठानको तर्क छ । गीतलाई लिएर सामाजिक सञ्जालदेखि महिला एवं महिलासँग सम्बन्धित संस्थाहरुले आपत्ति जनाएका छन् । प्रतिष्ठानको आग्रह अस्वीकार गर्दै गीत सार्वजनिक गरेपछि प्रतिष्ठानले दुर्गेशलाई संस्थागत बहिस्कार गर्ने निर्णय गरेको हो ।

प्रतिष्ठानले आजीवन सदस्यबाट निलम्वन गर्ने, सेवा सुविधाबाट बन्चित गर्ने, प्रतिष्ठानको कुनै पनि कार्यक्रममा नबोलाउने, प्रतिष्ठानका कुनैपनि सदस्यले दुर्गेशसँग गीतमा सहकार्य नगर्ने, मेला–महोत्सवमा नबोलाउने गरी प्रतिष्ठानका जिल्ला शाखा एवं आयोजकलाई आग्रह गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानको अनुरोधका कारण पछिल्लो समय तीज गीतमा विकृति घट्दै गएको प्रतिष्ठानले जनाएको छ । तर, दुर्गेशले अटेर गरेर पैसा र चर्चाका लागि विकृत गीत ल्याएको प्रतिष्ठानको जिकिर छ ।

प्रकाशित मिति: Aug 2, 2021

प्रतिक्रिया दिनुहोस्