Logo
७ जेष्ठ २०८१, सोमबार
(August 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा सत्तारूढ गठबन्धन कार्यदलको बैठक जारी

बालुवाटारमा सत्ता गठबन्धन कार्यदलको बैठक जारी रहेको छ ।

आजको बैठकबाट सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि र आचारसंहिता बनाउने तयारी रहको छ ।

शेर बहादुर देउवा प्रधानमन्त्रीमा नियुक्ति भएको कबिर तीन हप्ता हुन लाग्दा पनि सरकारले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनभित्र सहमति हुन नसक्दा सरकारले पूर्णता पाउन नसकेको कार्यदलका सदस्यहरुको भनाइ छ ।

सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा ७६(५) अनुसार काँग्रेस सभापति शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

कतिपय सत्तारुढ नेताहरूले भने कार्यदलले काम गर्न नपाएका कारण काममा ढिलाइ भइरहेको बताएका छन् । कार्यदलमा रहेका दलहरूले आफ्नै पार्टीभित्र सहमति हुन सकिरहेका छैनन् । जसका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको छैन ।

आजको बैठकबाट न्यूनतम साझा कार्यक्रम तयार गरेर केही दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तथा सरकार सञ्चालनलाई पनि प्रभावकारी बनाउने गठबन्धनको तयारी छ ।

 

प्रकाशित मिति: Aug 2, 2021

प्रतिक्रिया दिनुहोस्