स्थानीय तहका अधिवेशन असोज ९ भित्र गरिसक्ने एमालेको निर्णय
नकपा एमालेले स्थानीय तहका अधिवेशन असोज ९ भित्र सक्ने निर्णय गरेको छ ।
आइतबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको स्थायी कमिटी बैठकले देशभरका सबै पालिकास्तरको अधिवेशन आउँदो असोज ९ सम्म गरिसक्ने निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिएका छन् ।
त्यस्तै साउन २४ गतेलाई एमाले केन्द्रीय कमिटी बैठक बोलाइएको छ । भोलि ३ बजे पुनस् स्थायी कमिटी बस्ने निर्णय गरी नेताहरू उठेका छन् ।
महासचिव पोखरेलले एमालेको विधानमा दुई अध्यक्षको व्यवस्था नरहेको भन्दै २०७५जेठ २ मा फर्किने भनेपछि सबै विषय त्यहिँबाट टुंगो लाग्ने बताए ।