Logo
८ जेष्ठ २०८१, मंगलबार
(July 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले भने : अब माधव नेपालका लागि पार्टीमा कुनै ठाउँ छैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढालनमा भूमिका खेल्ने, फ्लोर क्रस गर्ने सांसदहरूलाई पार्टी भित्र ठाउँ नभएको बताएका छन् ।

काठमाडौं जिल्ला कमिटीको बैठकमा शनिबार ओलीले आफू नेतृत्वको सरकार ढलेर विकास र समृद्धिको सपनामा कुठाराघात भएको दाबी गर्दै ओलीले त्यसो गर्न भूमिका खेल्ने, फ्लोर क्रस गर्नेसांसदहरूलाई पार्टी भित्र ठाउँ नभएको बताएका हुन् ।

बाटो बिराएका एमाले नेताहरू जो माधवकुमार नेपालको पक्षमा रहेका छन् उनीहरूलाई पार्टीमा ठाउँ भएको तर नेपाललाई भने कुनै ठाउँ नभएको बताए ।

पार्टीको सरकारविरुद्ध कुठाराघात भएको र अभियानमा गम्भीर रूपमा ब्रेक लागेको ओलीको भनाइ थियो ।

प्रकाशित मिति: Jul 31, 2021

प्रतिक्रिया दिनुहोस्