Logo
१८ बैशाख २०८१, मंगलबार
(July 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस क्रियाशील सदस्यता सम्बन्धी विवाद : फेरि छानबिन समितिमै

नेपाली कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद फेरि छानबिन समितिमै पुगेको छ।

बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले छानबिन समितिलाई थप विषय मिलाउने गरी जिम्मेवारी दिएको हो।

बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले आजको बैठकले प्रतिवेदनको स्वामित्व ग्रहण गरेको र भोलिसम्म थप विषय मिलाएर ल्याउन समितिलाई नै जिम्मेवारी दिएको जानकारी दिए।

नेता रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले हिजोमात्रै पार्टीसमक्ष आफ्नो प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा समिति सदस्य कल्याण गुरुङले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन्।

आज करिब चार घण्टा बसेको बैठकमा क्रियाशील सदस्यताकै विषयमा छलफल भएको प्रवक्ता शर्माले बताए।

भोलि २ बजे पुनः पदाधिकारी बैठक प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने र क्रियाशील सदस्यताबारे टुंगो लगाउने उनले बताए।

‘क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमाथि छलफल सुरु भएको छ। साढे चार घण्टा विषयगत, समिक्षा भयो। नेताहरुले आआफ्ना धारणा राख्नुभयो’, प्रवक्ता शर्माले भने, ‘छानविन समितिका साथीहरुले प्रतिवेदन हेरेर अधुरा काम हेर्न जिम्मेवारी दिएको छ र त्यसपछि पार्टीले निर्णय गर्नेछ।’

प्रकाशित मिति: Jul 28, 2021

प्रतिक्रिया दिनुहोस्