Logo
३१ बैशाख २०८१, सोमबार
(July 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई तत्काल पदमुक्त गर्न प्रधानमन्त्रीसँग डा. केसीको माग

डा.गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई डा.केसीले मंगलबार खबरदारी पत्र पठाउँदै स्वार्थ बाँझिने व्यक्तिलाई मन्त्री बनाएको भन्दै पदमुक्त गर्न माग गरेका हुन् ।

केसीले पत्रमा लेखेका छन्, ‘नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीले या त स्वास्थ्य र शिक्षा क्षेत्रमा रहेको आफ्नो सारा लगानीबाट तत्काल अलग हटेर स्वार्थको द्वन्द्व हुने अवस्था अन्त गरुन् । नत्र भने उनलाई तत्काल पदमुक्त गरियोस् ।’

व्यापारी र व्यवसायीहरु घुस खाएर चोरबाटोबाट सांसद र मन्त्री बन्ने गरेको र यस्ता व्यक्तिले आफ्नो व्यवसायको हित हुने गरी कानून बनाएर नितीगत भ्रष्टाचार गर्ने गरेको डाक्टर केसीको दाबी छ ।

आइतबार मात्रै नियुक्त भएका स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ व्यापारी पृष्ठभूमिका हुन् ।

प्रकाशित मिति: Jul 27, 2021

प्रतिक्रिया दिनुहोस्