Logo
३१ बैशाख २०८१, सोमबार
(July 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धादिङमा १० दिनदेखि हराइरहेकी सम्झना रोका भेटिइन् मृत

बागमती प्रदेश स्थित धादिङमा १० दिनदेखि बेपत्ता भएकी युवती मृत भेटिएकी छन् ।

धादिङ जिल्लाको गजुरी गाउँपालिका-८, पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोकाको शव भेटिएको गजुरीका डीएसपी युवराज खड्काले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार शव सडेको अवस्थामा बरामद भएको छ । शवलाई जाँचका लागि उठाइसकेका छौ तर पोष्टमार्टम जिल्लामै गर्ने कि अन्यत्र लैजाने अझै टुंगो नलागेको प्रहरीकार्यले बताएको छ ।

मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्नेछ । घटनास्थलबाट उनको घर ३ सय मिटरको दूरीमा छ ।

 

प्रकाशित मिति: Jul 25, 2021

प्रतिक्रिया दिनुहोस्