Logo
८ बैशाख २०८१, शनिबार
(July 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंकमा साइबर हमला गर्ने धम्कीको प्राविधिक अनुसन्धान शुरु

बैंकमा साइबर हमला गर्ने धम्कीको प्राविधिक अनुसन्धान शुरु भएको छ ।

केन्द्रीय बैंकसहित १५ वाणिज्य बैंकमा साइबर हमला गर्ने धम्कीपूर्ण फोन र इमेलको छानबिन शुरु भएको हो । बुधबार बेलुकी प्राप्त धम्कीपूर्ण फोन र ईमेलको प्राविधिक अनुसन्धान सुरु भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको प्राविधिक विभाग र नेपाल प्रहरीको साइबर अपराध अनुसन्धान विभागलाई संयुक्त रुपमा अनुसन्धानको जिम्मा लगाइएको छ ।

बुधबार बेलुकी नेपाल राष्ट्र बैंक र नबिल बैंकका अधिकारीलाई १५ बैंकको प्रणाली हृयाक गरेर पैसा चोर्ने धम्की आएको थियो ।

प्रकाशित मिति: Jul 23, 2021

प्रतिक्रिया दिनुहोस्