Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेम्वाङलाई देउवाको प्रश्न : संविधानको धारा ७६(५) किन लेख्नुभयो ?

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभाका अध्यक्ष समेत रहेका नेम्वाङलाई संविधानको धारा ७(९५) किन लेखियो भनेर प्रश्न गरेका छन् ।

प्रधानमन्त्री देउवाले पूर्वसभामुख समेत रहेका नेम्वाङ स्वयंले बीचमा संसद भंग हुने छैन भनेको समेत स्मरण गरे ।संविधान बनाउने क्रममा धारा ७६(५) किन लेखियो भनेर प्रष्ट पार्नुपर्ने पूर्व सभामुख नेम्वाङले ह्वीप लगायो भनेर आरोपित गरेको उल्लेख गर्दै देउवाले भने, पार्टी सांसदहरुलाई काठमाडौं आइदिनुस् भन्नु ह्वीप लगाएको होइन नि ।’

प्रतिनिधिसभाको शुक्रबार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा प्रमुख विपक्षी नेकपा एमालेका उपनेता सुवासचन्द्र नेम्वाङले थुप्रै प्रश्न उठाए । रोष्टममा उभिएर करीब ५० मिनेट लामो भाषण गरेका उनले आफ्नो दलको एउटा समूहसँग गठबन्धन गरेको र सर्वोच्च अदालतले त्यसलाई वैधता दिएको भन्दै असन्तुष्टि जनाए ।

नेम्वाङको ५० मिनेटको प्रश्नको जवाफ प्रधानमन्त्री देउवाले भने केही मिनेटमा दिएका छन् ।नयाँ सरकार गठका क्रममा राष्ट्रपतिले ७६(५) अनुसार कुनै पनि संसद सदस्यले बहुमत पुर्‍याउन सक्छ भन्ने आह्वान गरेपछि आफूहरु गएको उनले स्मरण गरे ।

नेपाली कांग्रेसका सभापति देउवाले आफ्नो दलका सांसदहरुलाई फ्लोर क्रस गराउने कांग्रेस र माओवादीले ह्वीप जारी गरेको नेम्वाङको दाबीको खण्डन गरे ।

सम्बोधनका क्रममा नेम्वाङले सरकारलाई दिएको सुझाव भने मननयोग्य भएको उनले बताएका छन् । प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता पनि खोप नै भएको बताए । उनले अघि भने, ‘हामी क्रण लिएर भए पनि, जति महंगो भए पनि किनेर जनतालाई खोप पुर्‍याउने प्रतिवद्धता पूरा गर्छौं ।’

प्रकाशित मिति: Jul 23, 2021

प्रतिक्रिया दिनुहोस्