Logo
७ बैशाख २०८१, शुक्रबार
(July 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशमा थप ६ जना मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा थप ६ जना मन्त्रीहरुले आज शपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले ६ जना मन्त्रीहरुलाई सपथ गराएकी हुन् ।

माओवादी केन्द्रबाट रामजी बरालले अर्थ, दीपक चर्ती मगरले वन, वातावरण तथा भू-संक्षण र चन्द्रबहादुर बुढाले भूमि व्‍यव्स्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रीको शपथ लिएका छन्।

यस्तै कांग्रेसबाट विन्दुकुमार थापा आन्तरिक मामिला तथा कानुन मन्त्री, कुमार खड्का भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्री र मेषलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकासमन्त्रीको शपथ लिएका छन्। यस्तै पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मणिभद्र शर्माले शपथ लिएका छन् ।

यस्तै आफूहरुसँग भएको सहमति उलंघन भएको भन्दै जनता समाजवादीले नवनियुक्त मन्त्रीहरुको सपथ कार्यक्रम बहिस्कार गरेका छन् ।

 

प्रकाशित मिति: Jul 23, 2021

प्रतिक्रिया दिनुहोस्