Logo
८ श्रावण २०७८, शुक्रबार
(July 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घण्टामा २८३८ कोरोना संक्रमित थपिए, ३० जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २,८३८ जनामा कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,७१५ पीसीआर परीक्षणमा १,९१८ र ३,९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २,८३८ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थप १,४७५ कोरोना संक्रमणमुक्त भएक छन् । त्यस्तै आज थप कोरोनाबाट ३० जनाको मृत्यु भएको छ ।काठमाडौं उपत्यकामा ६९७ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति: Jul 21, 2021

प्रतिक्रिया दिनुहोस्