Logo
२४ असार २०८२, मंगलबार
(July 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोक सेवाले सार्वजनिक गर्यो सहायक अनुसन्धान अधिकृत पदको लिखित परीक्षाको नतिजा

लोक सेवा आयोगले सहायक अनुसन्धान अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत वर्ष पुषमा लिएको इन्जिनियरिङ सेवा केमिष्ट्रि सहायक वैज्ञानिक अधिकृत / सहायक अनुसन्धान अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हाृ ।

लिखित परीक्षामा ९१ जना सहभागी भएकोमा १२ जना अन्तर्वार्ताका लागि छनोट भएका छन् ।लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुले सूचना प्रकाशन भएको ७ दिनभित्र २ प्रति फोटो, आवश्यक न्यूनतम योग्यताको सम्पूर्ण प्रमाणपत्र तथा अन्य आवश्यक कागजातहरू र दरखास्त फारामको प्रथम र तृतीय पाना २र२ प्रति भरी आयोगको दरखास्त व्यवस्थापन केन्द्र अनामनगरमा आफैले प्रमाणित गरी रुजु गर्नुपर्ने आयोगले जानकारी दिएको छ ।

अन्तर्वार्ता लोक सेवा आयोगको केन्द्रीय कार्यालय कमलपोखरीमा भदौ १६ गते तोकिएको छ ।

प्रकाशित मिति: Jul 21, 2021

प्रतिक्रिया दिनुहोस्