Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरहामा बस दुर्घटना हुँदा एकको मृत्यु, १३ यात्रु घाइते

प्रदेश नं २ स्थित सिरहाको जिरोमाइल-बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परी १३ यात्रु घाइते भएका छन् ।जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका-३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्रगतिमा गइरहेको बस अनियन्त्रित भई दुर्घटना हुँदा मुखियाको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।दुर्घटनामा परी घाइते भएका १३ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै चालक फरार रहेकाले खोजीकार्य जारी रहेको जनाएको छ ।रासस

प्रकाशित मिति: Jul 21, 2021

प्रतिक्रिया दिनुहोस्