Logo
१३ बैशाख २०८१, बिहीबार
(July 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनगढीमा पानी निकास गर्न खोज्दा प्रहरीमाथि ढुंङ्गामुढा भएपछि अश्रुग्यास प्रहार

सुदूरपश्चिम प्रदेश स्थित धनगढी उपमहानगरपालिकामा जमेको पानी निकास गर्न प्रहरीले बल प्रयोग गरेको छ।

उपमहानगरपालिका-३ को हाटबजार, विद्युत कार्यालयलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न कल्भर्ट खोल्दा वडा नम्बर २ का स्थानीयले विरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले मोहनापुुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गरिएको बताए ।

उनले सो क्रममा प्रहरीमाथि ढुंङ्गामुढा भएपछि केही सेल अश्रुग्यास प्रहार गरिएको बताए । सो क्रममा केही स्थानीय र प्रहरी घाइते भएको जनाइएको छ।

सोमबार पनि प्रहरीले बल प्रयोग गरेर कल्भर्ट खोलेको थियो। तर वडा नम्बर २ का बासिन्दाले आफ्नो क्षेत्र डुबानमा पर्ने भन्दै कल्भर्ट पुरिदिएका थिए।

वडा नम्बर २ का बासिन्दाले दुबै वडामा डुबान नहुने गरि समस्या समाधान हुनुपर्ने माग गर्दै आएका छन्।

प्रकाशित मिति: Jul 21, 2021

प्रतिक्रिया दिनुहोस्