Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज साउनको पहिलो सोमबार, पशुपतिबाहिर नै लाग्यो भक्तजनहरुको भीड

काठमाडौंमा अहिले पनि निषेधाज्ञा जारी रहेको छ । आज साउनको पहिलो सोमबार हो । हिन्दु धर्म मान्नेहरुले आजको दिन शिव मन्दिरमा गइ पूजार्आचना गर्ने चलन रहेको छ ।

तर कोरोना महामारीका कारण धेरै भीडभाड हुने ठाउँहरु बन्द भएकाले मन्दिरहरु पनि पूर्णरुपमा खुलेका छैनन् । कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिर पनि सर्वसाधारणका लागि खुला गरिएको छैन ।

सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरु भएको महिना साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । भगवान् शिवले सूर्य र चन्द्र दुवैलाई धारण गरेकाले चन्द्रशेखर पनि भनिन्छ । चन्द्रशेखर भगवान् शिवका हजार नाममध्ये एक हो ।

त्यसैले आज धेरै भक्तजनहरुले बाहिरैबाट पशुपतिनाथको दर्शन गरिरहेका छन् । कोरोनाका कारण शिव मन्दिरहरुमा विगतमा जस्तो भीडभाड भने छैन ।

हिन्दु परम्परा अनुसार साउन महिना शिवको प्रिय महिना हो ।हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् ।

साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ ।

हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिइन्छ । साउने सोमबारको दिन मनोकामना पूरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने गरिन्छ ।

हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ ।

प्रकाशित मिति: Jul 19, 2021

प्रतिक्रिया दिनुहोस्