Logo
७ बैशाख २०८१, शुक्रबार
(July 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुम मिटिङमा पत्नीले पतिलाई चुम्बन गर्न खोजेको भिडियो भयो भाइरल !

अहिलेको समयमा कोरोना महामारीले गर्दा धेरै देशका मानिसहरु घरबाटै काम गरीरहेका छन् । घरबाटै काम गर्ने क्रममा एक कर्मचारिको जुम मिटिङमा एक महिलाले आफ्नो पतिलाई चुम्वन गर्न आएको भिडियोले बजार तताएको छ ।

उक्त भिडियो अहिले भाइरल भइरहेको छ । भिडियोमा पतिलाई पत्नीले माया गर्न खोजेकी छिन् ।भाइरल भएको भिडियोमा एक व्यक्ति लाइव मिटिङमा बसेर आफ्नो प्रस्तुति दिइरहेका हुन्छन् । सोही समयमा पत्नी कोठामा प्रवेश गर्छिन् र पतिलाई चुम्बन गर्न खोज्छिन् । तर, पत्नीलाई पति जुम मिटिङमा बसेको थाहै हुँदैन ।

भिडियोमा पत्नी माया गर्न नजिक आएपछि पति पछि हटेको देखिन्छ । उनले पत्नीलाई आफु लाइव मिटिङमा बसेको बताउछन् । पत्नीले लाइव बसेको थाहा पाएपछि हास्छिन् र पति फेरी मिटिङमा बस्छन् ।

यो भिडियो आइपीएस अफिसर रुपिन शर्माले वर्क फर्म होमको खतरा भन्दै ट्विटमा सेयर गरेका हुन् ।

प्रकाशित मिति: Jul 16, 2021

प्रतिक्रिया दिनुहोस्