Logo
५ जेष्ठ २०८१, शनिबार
(July 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले स्थायी कमिटी बैठकको निर्णय : दस बुँदे सहमति अनुमोदनसँगै कार्यदल विघटन

नेकपा एमालेको कार्यदलले गरेको दसबुँदे सहमति स्थायी कमिटी बैठकले अनुमोदन गरेको छ ।

शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसेको स्थायी कमिटी बैठकले दसबुँदे सहमति ग्रहण गर्दै अनुमोदन गरेको प्रवक्ता प्रदीप ज्ञवाली जानकारी दिए ।

ज्ञवालीका अनुसार सहमति अनुमोदन भएसँगै कार्यदल विघटन भएको छ ।नेकपा एमालेको स्थायी कमिटी बैठक जारी रहेको बेला बैठक रोक्न आग्रह गर्दै बैठक स्थलमा नेपाल पक्षका नेता भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य पुगेका थिए ।

नेपाल समूहका नेता भने अध्यक्ष केपी शर्मा ओलीले बैठक स्थगित रोक्न नमानेको भन्दै बाहिरिएका थिए ।

 

प्रकाशित मिति: Jul 16, 2021

प्रतिक्रिया दिनुहोस्