Logo
५ जेष्ठ २०८१, शनिबार
(July 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले स्थायी कमिटी बैठक रोक्न नमानेपछि नेपाल पक्षका नेता बाहिरिए

नेकपा एमालेको स्थायी कमिटी बैठक एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीले रोक्न नमानेपछि नेपाल समूहका नेता बाहिरिएका छन् ।

नेकपा एमालेको स्थायी कमिटी बैठक जारी रहेको बेला माधवकुमार नेपाल पक्ष नेता रोक्न आग्रह गर्दै बैठकस्थल पुगका थिए । बैठक स्थलमा नेपाल पक्षका नेता भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य पुगेका थिए ।

नेता रावलले बैठक रोक्न आग्रह गरेको जानकारी दिएका छन् । शुक्रबार करिब १२ बजेदेखि ओली पक्षको स्थायी कमिटी बैठक च्यासलमा जारी छ ।

बैठक चलिरहेका बेला नेपालपक्षबाट कार्यदलमा रहेका नेताहरु पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका थिए ।तर, अध्यक्ष ओलीले बैठक जारी रहने बताएपछि नेपालपक्षका नेताहरु बैठकस्थलबाट बाहिरिएका छन् ।

प्रकाशित मिति: Jul 16, 2021

प्रतिक्रिया दिनुहोस्