Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थायी कमिटी बैठक सुरू गर्दै ओलीले भने : ‘अबको प्राथमिकता संगठन र संघर्ष हो ‘

नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ ।तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा एमाले स्थायी कमिटी बैठक बसेको हो ।

बैठकको शुरुआत गर्दै नेकपा एमालेका अध्यक्ष ओलीले सर्वोच्च अदालतको परमादेशबाट जनताको समर्थन प्राप्त सरकार ढालिएको भन्दै एमाले अब आफ्ना नीति, विचार र कार्यक्रम लिएर जनताबीच जाने बताए ।

बैठकमा ओलीले भने, ‘न्याय पाउने ठाउँबाट अन्याय भयो हामी कत्ति पनि नआत्तिएर जनतामा जान्छौं । पार्टीका नीति र विचार लिएर जान्छौं । अबको प्राथमिकता संगठन र संघर्ष हो ।’

ओलीले अदालतको आदेशले गठबन्धनको सरकार बने पनि जनमत एमालेको पक्षमा रहेको भन्दै संगठन र संघर्षलाई मुख्य प्राथमिकता दिइने बताएका छन् ।

बैठकमा दश बुँदे सम्झौता,अदालतको फैसला र आगामी संघर्ष तथा को विषसंगठनयमा छलफल हुने एजेण्डा रहेको कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

 

 

प्रकाशित मिति: Jul 16, 2021

प्रतिक्रिया दिनुहोस्