Logo
१५ बैशाख २०८१, शनिबार
(July 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६ ओटा मन्त्रालय सहित उपेन्द्र-जसपा सरकारमा जाँदै, माधव नेपाललाई सबैभन्दा धेरै मन्त्रालय

नयाँ सरकार बनेसँगै संघीय सत्तारूढ गठबन्धनमा जारी सत्ता साझेदारी छलफलबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ ।

६ ओटा मन्त्रालय सहित उपेन्द्र यादव नेतृत्वको जसपा सरकारमा जाँदैछन् भने एमालेको बिद्रोही नेता माधव नेपाल पक्षले सबैभन्दा धेरै मन्त्रालय पाउने भएका छन् ।

यद्यपि नेपाल पक्ष सरकारमा गए कारवाही हुने अवस्था पनि उतिकै रहेको भन्दै तत्काल सरकारमा जाने मूडमा नेपाल पक्ष देखिएका छैन ।

संसद ह्विप न लाग्ने परमादेश रहेपनि अन्य कसुरमा एमाले नेतृत्वले माधव नेपाल पक्षलाई कारवाही हुने अवस्था पनि त्यतिकै रहेको नेताहरूको भनाई रहेको छ ।

देउवा सरकारमा बाँकी रहेको २० वटा मन्त्रालयमा आपसी समझदारी कायम गरेर अगाडि बढ्ने समझदारी भएको हो ।

कानुनीरूपमा २५ जनालाई मन्त्री बनाउन मिल्ने भएका कारण नेपाली कांग्रेसबाट ६, माओवादी केन्द्रबाट ६, जनता समाजवादीबाट ६ जना मन्त्री बनाउने विषयमा शीर्ष नेताहरूबीच मोटामोटी सहमति जुटेको बताइएको छ ।

एमालेका नेपाल समूह सरकारमा सहभागी हुने अवस्थामा बढी नै मन्त्रालय दिनुपर्ने समझदारी पनि गठबन्धनबीच भएको एक नेताले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् ।

जवाफमा नेता नेपालले सरकारमा सहभागी हुन कानुनी जटिलता रहेकाले केही समय लाग्ने बताउँदै आएका छन् ।

गठबन्धनमा नेपाल समूहलाई ८ वटासम्म मन्त्रालय दिने विषयमा नेताहरूबीच सहमति भएको बताइएको छ ।

उता जसपा पनि कानूनी ओझेलमा रहेकाले तत्कालै सरकारमा सहभागी हुने अवस्था देखिदैन ।

निर्वाचन आयोगले जसपाको नेतृत्व विवाद सल्टाईसकेको छैन । दुई पक्षको आआफ्नै दावी रहेको छ ।।

प्रकाशित मिति: Jul 16, 2021

प्रतिक्रिया दिनुहोस्