Logo
५ जेष्ठ २०८१, शनिबार
(July 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बस्ने भएको छ । उक्त बैठक शुक्रबार दिउँसो २ बजे बस्न लागेको हो तर, बैठक बस्ने स्थान निश्चित भइसकेको छैन ।

बिहीबार बस्ने भनिएको यो बैठक नेताहरुको कार्यव्यस्तताका कारण स्थगित गरिएको थियो । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार भदौमा हुने पार्टीको १४ औँ महाधिवेशन र समसामयिक राजनीतिमा छलफल गर्न बैठक बोलाइएको थियो ।

बैठकमा पार्टीको केन्द्रीय निर्वाचन समितिले तयारी गरिरहेको निर्वाचन निर्देशिका, नयाँ सरकारका प्राथमिकता, पार्टीले खेल्नुपर्ने भूमिका लगायतका विषयमा नेताहरूबिच छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति: Jul 16, 2021

प्रतिक्रिया दिनुहोस्