Logo
५ जेष्ठ २०८१, शनिबार
(July 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज एमाले स्थायी कमिटि र संसदीय दलको बैठक, नेपाल पक्ष उपस्थित नहुने

file photo

नेकपा एमालेको स्थायी कमिटि र संसदीय दलको बैठक आज बस्दै छ ।

संसद् पुनः स्थापनासँग पार्टीभित्रको तिक्तता थप बढिरहेकै बेला अध्यक्ष ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले शुक्रवार ११ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाएका हुन् ।

बैठकमा आउन माधव नेपाल पक्षका नेताहरुलाई समेत खबर गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । उनका अनुसार बैठक ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने छ । तर असन्तुष्ट माधव पक्षका नेताहरुले एक पक्षीय ढङ्गले बोलाएको बैठकमा सहभागी नहुने सम्भावना बताएका छन् ।

आजै दिउसो ३ बजे संसद भवन नयाँ बानेश्वरमा एमाले संसदिय दलको बैठक पनि बस्दैछ । प्रतिनिधिसभा पुनःस्थापना भएपछि संसदमा एमालेले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाईएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

यसअघि गत असार २७ गते एमाले विवाद समाधान गर्न गठित कार्यदलले एमाले एकतासम्बन्धी १० बुँदे सहमतिको खाका अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाएको थियो । कार्यदलले स्थायी कमिटी बैठक बोलाउनुअघि अध्यक्ष ओली र नेपालबीच भेटवार्ता गरेर सहमतिमा बैठक बोलाउन सुझाव दिएको थियो । तर, कार्यदलको सुझाव र एकताको भावना विपरीत अध्यक्ष ओलीले असार २८ गते सर्वोच्चको फैसलापछि वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘गद्दार’ भन्दै आरोप लगाएका छन् ।

उनले माधव नेकपालाई अब एमालेमा कुनै ठाउँ नभएको बताएका छन् । यसले एमाले एकता थप पेचिलो बन्दै गएको छ । एमालेको एकता जटिल बन्दै गइरहेको अवस्थामा दोस्रो तहका नेताहरुले भने सक्रियता बढाएका छन् ।

प्रकाशित मिति: Jul 16, 2021

प्रतिक्रिया दिनुहोस्