Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोर्ड फिगो नयाँ इन्जिन र अटोमेटिक गियरबक्सको साथमा चाँडै लन्च हुँदै

नयाँ इन्जिन र अटोमेटिक गियरबक्सको साथमा फोर्ड फिगो चाँडै लन्च हुँदै छ । हाल कम्पनीले म्यानुअल गियरबक्स मात्र एसयूभी बिक्री गरिरहेको छ ।

रिपोर्ट अनुसार फोर्ड फिगो कार पेट्रोल इन्जिन भेरिएन्टको ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्सको साथमा प्रस्तुत गर्ने सम्भावना रहेको छ ।

नयाँ फोर्ड फिगो १.२ लिटर पेट्रोल इन्जिनको साथमा उपलब्ध हुनेछ, जसले ९६ बीएचपीको पावर र ११९ एनएमको टर्क जेनेरेट गर्छ ।सो कारले बजारमा मारुती सुजुकी स्विफ्टसँग प्रतिस्पर्धा गर्छ ।

फोर्ड फिगो पहिलो पटक सन् २०१५ मा लन्च गरिएको थियो । जसमा १.५ लिटर, ४ सिलिन्डर पेट्रोल इन्जिन समावेश गरिएको थियो । सो कारमा डुअल क्लच अटोमेटिक गियरबक्सको प्रयोग गरिएको थियो ।

जसले ११० बीएचपीको पावर जेनेरेटर गथ्यो ।जब फोर्डले २०१९ मा फिगोको फेसलिफ्ट भर्सन लन्च गर्‍यो, तब टर्क कन्भर्टर गियरबक्समा परिवर्तन गरिएको थियो ।

जसलाई बीएस ६ उत्सर्जन लागु भए पछि बन्द गरिएको थियो । कम्पनीले सो कारमा पहिलो पटक १.५ लिटर ड्रयागन पेट्रोल इन्जिनको प्रयोग गरेको थियो ।

अनुमानित रिपोर्ट अनुसार नयाँ फोर्ड फिगोको नयाँ पेट्रोल अटोमेटिक इन्जिन गियरबक्सलाई यसको मिड स्पेक टाइटेनियम ट्रिममा पेश गरिनेछ ।

यसको साथै सो गियरबकसलाई ह्याचब्याकको टप स्पेक भेरिएन्टको साथमा उपलब्ध गराइने छ ।नेपाल अटो

 

प्रकाशित मिति: Jul 15, 2021

प्रतिक्रिया दिनुहोस्