Logo
१२ बैशाख २०८१, बुधबार
(July 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किताबको नाम ‘प्रेग्नेन्सी बाइबल’ राखेपछि करिना कपुरविरुद्ध उजुरी दर्ता !

बलिउड अभिनेत्री करिना कपुर खान अब नयाँ विवादमा परेकी छन् । करिना विवाहदेखि बच्चाको नामका लागि लागि पनि विवादमा आएकी थिइन् ।

वास्तवमा करिनाले आफ्नो गर्भावस्थाको दिनबारे एउटा किताब लेखेकी छिन र त्यसको नामा ‘प्रेग्नेन्सी बाइबल’ राखेकी छन् । उनले लेखेको किताबको नामलाई लिएर इसाई संगठन र अल इन्डिया माइनोरिटी बोर्ड (एआईएमबी)ले आपत्ति जताएको छ ।

किताबको नामको विषयमा अब महाराष्ट्रको बीड जिल्लामा एक इसाई संगठनले थानामा करिना कपुर र अन्य दुई जनाविरुद्ध शिवाजी नगर पुलिस स्टेशनमा ऊजुरी दर्ता गरेका छन् ।

ऊजुरीकर्ताले उक्त किताबमा इसाइको पवित्र शब्द ‘बाइबल’ प्रयोग गरेको बताउँदै यसले उनीहरु र क्रिश्चियन समुदायको धार्मिक भावना आहत भएको बताएका छन् ।

करिना कपुर किताब सार्वजनिक भएदेखि नै विवादमा छिन् । अल इन्डिया मोनिटरिङ बोर्डले पनि यो किताबको टाइटलमाथि आफ्नो आपत्ति जताइसकेको छ । बोर्डका अध्यक्ष डायमण्ड यूसुफले पनि नाममा आपत्ति जताउँदै लेखिकाविरुद्ध मुद्दा दर्ता गर्ने बताएका थिए ।

४० वर्षकी करिनाले ९ जुलाई २०२० मा आफ्नो किताब प्रेग्नेन्सी बाइबल सार्वजनिक गरेकी थिइन् । नायिकाका अनुसार यो किताबमा उनी गर्भवती भएका बेला उनले शरीरिक र मानसिक रुपमा कस्तो महसुस गरेकी थिइन् भन्नेबारे जानकारी दिइएको छ ।

करिनाले किताबलाई आफ्नो तेस्रो सन्तान बताएकी थिइन् । यसै वर्ष फेब्रुअरीमा करिनाले आफ्नो दोस्रो सन्तानलाई जन्म दिएकी थिइन् । यसअघि उनी आफ्नो पहिलो सन्तान तैमुरको नामका लागि पनि चर्चामा रहेकी थिइन् ।

 

प्रकाशित मिति: Jul 15, 2021

प्रतिक्रिया दिनुहोस्