Logo
७ बैशाख २०८१, शुक्रबार
(July 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेता दीलिपकुमारबारे तिखो टिप्पणीपछि विवादमा तानिए नसिरुद्दिन शाह

बलिउड स्वर्गीय अभिनेता दीलिपकुमारबारे तिखो टिप्पणीपछि नसिरुद्दिन शाह विवादमा तानिएका छन् ।

७ जुलाईमा हिन्दी सिनेमाका दिग्गज अभिनेता दिलिप कुमारको निधन भयो र अभिनेता नसिरुद्दिन शाहले पनि उनको निधनमा शोक व्यक्त गरे । तर, अहिले आएर नसिरुद्दिनले दिलिपकुमारबारे तिखो टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्, ‘दिलिप साहेब देशका सबैभन्दा उत्कृष्ट मानिसमध्ये एक थिए, जसको उपस्थितिले नै फिल्मलाई माथि उठाउन सक्थ्यों तर यत्रो स्टारडमका बाबजुद उनले त्यस्तो खास केही गर्न सकेनन् ।’ नसिरुद्दिन शाहले दिलिपकुमारबारे कुराकानी गर्दा पछिल्ला दिनमा नसिरुद्दिन शाह निकै भावुक भएका थिए । जब नसिरुद्दिन अस्पताल भर्ना भएका थिए, त्यतिबेला दिलीपकुमारकी पत्नी सायरा बानो उनलाई भेट्नका लागि आएकी थिइन् । ‘दिलीपकुमार मेरोे स्वास्थबारे जान्न चाहन्थे, त्यसैले उनले सायरा बानोलाई पठाएका रहेछन्, नसिरुद्दिनले भनेका छन्,‘सायरा बानोको यो कुरा सुनेपछि म भावूक भएको थिएँ । म अस्पतालबाट छुटेपछि उनलाई भेट्न चाहन्थें । तर, दूर्ग्भाय म जुन दिन अस्पतालबाट छुटे, त्यही दिन दिलिप साहेबले यो दुनियाँ छाडिसकेका थिए ।’

इन्डियन एक्सप्रेसमा प्रकाशित लेखमा नसिरुद्दिन लेख्छन्, ‘दिलीपकुमार एक ठूला स्टार हुनका बाबजुद हिन्दी सिनेमामा नयाँ कलाकारहरुलाई अघि बढाउन उनको खासै केही योगदान रहेन ।’ यस लेखपछि नसिरुद्दिनको चर्को आलोचना भएको छ । हुनतः नसिरुद्दिन आफ्नो अभिव्यक्तिका कारण विवादमा आएको यो पहिलोपटक होइन ।

नसिरुद्दिनले लेखेका छन्, ‘दिलिपकुमारले अभिनयमा नाटकीयता, तिखो आवाज र लगातार हात हल्लाउने मापदण्ड पालना गर्दैन थिए । दिलिपकुमारको स्टाइलले भारतीय फिल्ममा एक प्रतिमान स्थापित गर्यो । उनको तरिकालाई अन्य अभिनेताहरुले पनि फलो गर्ने कोसिस गरे, तर त्यो नक्कलीजस्तो देखिन्थ्यों ।’

 

प्रकाशित मिति: Jul 15, 2021

प्रतिक्रिया दिनुहोस्