Logo
५ जेष्ठ २०८१, शनिबार
(July 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालले प्रचण्ड र विप्लवलाई भने : ‘तपाईहरु पनि मिल्नुस् हामी पनि मिल्छौँ’

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रचण्ड र विप्लवलाई मिल्न आग्रह गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँगको भेटवार्तामा नेपालले पूर्वमाओवादी मिल्न आग्रह गरेका हुन् ।

उनले प्रचण्ड र विप्लव सँग मिल्न आग्रह गरेको र आफूहरुपनि मिल्ने बताएको नेपाल निकट सोतले जानकारी दिएको छ । नेपाललाई उदृत गर्दै नेपालनिकट स्रोतले भन्यो ,’उहाँले प्रचण्ड र विप्लवलाई मिल्न आग्रह गर्नुभयो । तपाईँहरु पनि मिल्नुस् हामी पनि मिल्छौँ भन्नुभयो । कम्युनिष्टहरुको एकतामा जोड दिनुभयो ।’

आज बिहान नेता नेपालको कोटेश्वरस्थित निवासमा भएको तीन नेताहरूको संयुक्त भेटवार्ता भएको थियो । बुधवार विप्लव र प्रचण्डबीच खुमलटारमा पनि भेटवार्ता भएको थियो ।

प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक विषय र आफ्नो पार्टी र सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन सम्बन्धी छलफल भएको विप्लवको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: Jul 15, 2021

प्रतिक्रिया दिनुहोस्