Logo
५ जेष्ठ २०८१, शनिबार
(July 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माधव नेपाल र विप्लवबीच कोटेश्वरमा भेटवार्ता, प्रचण्ड पनि सँगै

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच कोटेश्वरमा भेटवार्ता भएको छ ।

महासचिव विप्लव,अर्का नेता धर्मेन्द्र वास्तोलासहित बिहीबार बिहान नेपाल निवास कोटेश्वरमा पुगेर भेटवार्ता गरेका हुन् ।भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको विप्लवको सचिवालयले जानकारी दिएको छ ।

त्यही क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि नेपाल निवास कोटेश्वर पुगेका छन् । चार जना नेताहरुबीच भेटवार्ता भएको छ । भेटवार्तापछि सामूिहक तस्वीर खिचेर फेसबुकमार्फत सार्वजनिक गरिएको छ ।

तीन नेताबीच के कुरा भएको भन्ने विवरण त आइसकेको छैन तर भेटको पुष्टि भने दाहालको सचिवालयले गरेको हो ।महासचिव विप्लवले बुधबार मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवासमा भेटवार्ता गरेका थिए ।

प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक विषय र आफ्नो पार्टी र सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन सम्बन्धी छलफल भएको विप्लवको सचिवालयले जनाएको छ।

दाहालले पनि कम्युनिष्ट एकताको पक्षमा बोलिरहेका बेला यो भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । हिंसात्मक बाटो त्यागेर मूलधारको राजनीति गर्न प्रतिवद्धता जनाएर शान्तिप्रक्रियामा आएका चन्द केही समय मौन झै रहेका थिए ।

सरकारबाट एमाले अध्यक्ष केपी ओलीको बहिर्गमन भएसँगै चन्द एकाएक राजनीतिक परिदृष्यमा देखिनुका साथै  भेटवार्ता पनि बढाएका छन् ।

 

प्रकाशित मिति: Jul 15, 2021

प्रतिक्रिया दिनुहोस्