Logo
५ जेष्ठ २०८१, शनिबार
(July 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री देउवा र माधव नेपालबीच कोटेश्वरमा भेटवार्ता

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर र एमालेका बरिष्ठ नेता माधव कुरमार नेपालबीच भेटवार्ता जारी रहेको छ ।

नेपाललाई भेट्न देउवा बुधबार अपराह्न कोटेश्वरस्थित नेपाल निवास पुगेका हुन्। नेता नेपालका स्वकीय सचिव मोहन गौतमले अहिले देउवा र नेपालबीच भेटवार्ता जारी रहेको बताए।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। सोहीअनुसार देउवा मंगलबार प्रधानमन्त्री नियुक्त भएका थिए।

अब उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ। नेपाल समूहका सांसदले मत नदिए देउवालाई हालकै अवस्थामा विश्वासको मत पुर्‍याउन समस्या हुने देखिन्छ।

प्रकाशित मिति: Jul 14, 2021

प्रतिक्रिया दिनुहोस्