Logo
१५ चैत्र २०८०, बिहीबार
(July 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले सांसदको नाराबाजीकै बीच गण्डकी प्रदेशमा बजेट पारित

गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच प्रदेश सरकारले बजेट पारित गरेको छ ।

बुधबार प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्ने कार्यसूची थियो । तर बैठक सुरु हुने वित्तिकै नेकपा एमालेका सांसदले रोष्टम घेराउ गर्दै नाराबाजी गर्न थाले ।

अर्थमन्त्रीको पनि जिम्मेवारी सम्हालेका मुख्यमन्त्ती कृष्णचन्द्र नेपाली पोखरेलले विरोधकै बीच बजेट प्रस्तुत गरे । र बजेट होहल्लाकै बीच बजेट पारित गरिएको छ ।

एमालेले बुधबार बिहान अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बजेटमा पुनर्विचार गर्नुपर्ने भन्दै १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो । यसबारे मुख्यमन्त्रीले जवाफ नदिए सदन चल्न नदिने एमालेको अडान थियो ।

बिहान ११ बजे बैठक शुरु भयो । मुख्यमन्त्रीले जवाफ माग्दै एमालेले अवरोध गर्‍यो । साँझ ४ बजे पुनः बसेको बैठकमा फेरि एमालेले संसद अवरुद्ध पर्‍यो, सभामुख नेत्रनाथ अधिकारीले बैठक रोकेनन् । एमाले सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गर्न थालेपछि मर्यादा पालकहरुले रोके । त्यसक्रममा एमालेका केही सांसदले बैठक हलको टेबल उचालेर फालेका थिए ।

प्रकाशित मिति: Jul 14, 2021

प्रतिक्रिया दिनुहोस्