Logo
५ आश्विन २०८१, शनिबार
(July 14, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालीगण्डकी डाइभर्सनको काम यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले कालीगण्डकी डाइभर्सनको काम यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले मंगलबार (हिजो) सुनुवाइ गर्दै कालीगण्डकी नदीको प्राकृतिक वहावलाई पथान्तरण (डाइभर्सन) गरी रिजरभ्वायर बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रम चोरी निकासी तथा विनाश गर्ने लगायत प्राकृतिक वहाव र पर्यावरण प्रतिकुल हुने गरी कुनै काम नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।

‘रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उक्त नदीको प्राकृतिक बहावलाई पथान्तरण गरी रिजर्भवायल बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनाश गर्ने लगायतका अन्य प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुने गरी कुनैपनि कार्यहरु नगर्नु नगराउनु यथास्थितिमा राख्नु भनी विपक्षीका नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२) (क) बमोजिम अन्तरिम आदेश जारी गरि दिएको छ’, सर्वोच्चको आदेशमा भनिएको छ ।

प्रकाशित मिति: Jul 14, 2021

प्रतिक्रिया दिनुहोस्