Logo
५ जेष्ठ २०८१, शनिबार
(July 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपतिद्वारा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त, शपथको तयारी

काँग्रेस सभापति शेरबहादुर देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् ।

मङ्गलवार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।राष्ट्रपति कार्यालयका अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकिएको र सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको तथा शपथको तयारी भइरहेको बताइएको छ ।

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनर्स्थापना गर्दै काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

देउवा पाँचौँपटक प्रधानमन्त्री भएका छन्। देउवा पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए । त्यसपछि उनी २०५८ साल र २०६१ सालमा प्रधानमन्त्री भएका थिए।

उनी २०७४ सालमा चौथो पटक प्रधानमन्त्री भएका थिए।

प्रकाशित मिति: Jul 13, 2021

प्रतिक्रिया दिनुहोस्