Logo
५ जेष्ठ २०८१, शनिबार
(July 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवासँग छलफल गरेपछि मन्त्री टुंगो लगाउने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने मन्त्रीको नाम कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मात्रै टुंगो लगाउने निर्णय गरेको छ ।

त्यसका लागि देउवासँग अध्यक्ष प्रचण्डले छलफल गर्ने छन् ।केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बिहान बसेको स्थायी कमिटी बैठकपछि माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सो कुरा जानकारी दिएका छन् ।

नामको बारेमा आज छलफल नै नभएको प्रवक्ता श्रेष्ठले बताए । उनले भने, ‘पहिला कस्तो खालको मन्त्रीमण्डल गठन गर्ने, कति जना समावेश गर्ने, कुन-कुन पार्टीहरु समावेश आजै हुने भन्नेबारेमा एक ढंगको छलफल गरेपछि मात्रै यसबारेमा निर्णय गर्न उपयुक्त हुने भएकाले हामीले अहिले नै नामको बारेमा प्रवेश गरेका छैनौं ।’

माओवादी केन्द्रका एक नेताले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नभएका नेताहरुलाई देउवा नेतृत्वको सरकारमा पठाउने तयारी भइरहेको बताए ।

कांग्रेस सभापति देउवाले आजै सानो आकारको मन्त्रिपरिषद सहित शपथ ग्रहण गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति: Jul 13, 2021

प्रतिक्रिया दिनुहोस्