Logo
५ जेष्ठ २०८१, शनिबार
(July 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाले आज प्रधानमन्त्रीको सपथ लिँदै, राष्ट्रपति कार्यालयले थाल्यो तयारी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको सपथ लिँदै छन् ।

उनलाई राष्ट्रपति कार्यालयले आजै प्रधानमन्त्रीमा नियुक्ति गर्ने र लगत्तै शपथ गराउने तयारी थालेको बताइएको छ ।

सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनासँगै रिट निवेदक पक्षका देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न समय तोकेरै परमादेश जारी गरेको थियो ।

जसअनुसार आज साँझ ५ बजेभित्र राष्ट्रपतिद्वारा देउवालाई प्रधानमन्त्रीमा नियुक्ति र शपथ गराइसक्नुपर्नेछ ।

पाचौँपटक प्रधानमन्त्री बन्न लागरेका देउवाले देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको बताइएको छ ।

प्रधानमन्त्रीको शपथ सम्बन्धी सर्वोच्चले पठाएको पत्र राष्ट्रपतिको कार्यालयलाई प्राप्त भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति: Jul 13, 2021

प्रतिक्रिया दिनुहोस्