Logo
५ जेष्ठ २०८१, शनिबार
(July 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले बालुवाटार छाड्नुअघि देशबासीका नाममा सम्बोधन गर्दै

बालुवाटार छाड्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा  सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ। त्यसअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन्।

सर्वोच्च अदालतको फैसलाले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भएको परिस्थितिमा फैसलाको सम्मान गर्दै ओलीले मार्ग प्रशस्त गर्न लागेका हुन् ।

सर्वोच्चको फैसला कानूनी र संवैधानिक नभई राजनीतिक ढंगले आए पनि त्यसलाई स्वीकार गर्नुको विकल्प नरहेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

उनले केपी ओलीलाई संसदीय र जनमतको प्रक्रियाबाट हटाउन नसकिएपछि अदालतको फैसला प्रयोग गरिएको बताए ।

यसैबीच आजै दिउँसो १ बजे बालुवाटारमा बस्ने भनिएको नेकपा एमालेको स्थायी समिति बैठक स्थगित भएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

 

प्रकाशित मिति: Jul 13, 2021

प्रतिक्रिया दिनुहोस्