Logo
५ जेष्ठ २०८१, शनिबार
(July 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन् ।

आज बस्ने बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने स्रोतले जनाएको छ ।आजको स्थायी कमिटी बैठकमा नेपाल पक्ष पनि सहभागी कुने बताइएको छ ।

नेता माधवकुमार नेपालले हिजो सोमबार विपक्षी गठबन्धनको छलफलमा आफू अब विपक्षी गठबन्धनमा नरहने बताएका थिए । नेपालले एमालेमा एकता अगाडि बढेको बताएका थिए ।

एमालेमा देखिएको विवाद समाधान गर्न कार्यदलले १० बुँदे प्रस्ताव तयार पारेको थियो। उक्त प्रस्तावलाई स्थायी कमिटीबाट अनुमोदन गर्ने तयारी छ।

स्थायी कमिटी बैठक सोमबार पनि बसेको थियो ।

प्रकाशित मिति: Jul 13, 2021

प्रतिक्रिया दिनुहोस्