Logo
७ बैशाख २०८१, शुक्रबार
(July 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर बजारमा एकैदिन ४५.०६ अंकले गिरावट

नेपाली सेयर बजार परीसूचक (नेप्से)मा आज सोमबार ४५ अंकभन्दा माथिको गिरावट आएको छ ।आज सेयर बजारमा अधिकतम ४५.०६ अंकको गिरावट आएको हो ।

आज नेप्से परिसूचक अधिकतम ४५.०६ अंकले गिरावट आउँदै २ हजार ८५४.७७ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।

जबकी गत आइतबार लामो समयको मौनता तोड्दै नेप्से परिसूचक अधिकतम ७३.३३ अंकको बृद्धि हुँदै २ हजार ८९८.४३ विन्दुमा पुगेको थियो ।

त्यसो त नेप्सेका अनुसार आज ठूला ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ८.६२ अंकले घटेर ५३४.८१ विन्दुमा झर्न पुगेको छ ।

यस दिन म्युचुअल फण्ड बाहेकका सबै जसो समूहहरु ऋणात्मक (नेगेटिभ) भएका छन् भने कुल २२९ कम्पनीका २ करोड ६० लाख माथिको सेयर ९२ हजार १९२ पटक किनबेच हुँदा ९ अर्ब ९८ करोड २६ हजार ५२७ रुपैयाँको कारोबार भएको छ ।

 

प्रकाशित मिति: Jul 12, 2021

प्रतिक्रिया दिनुहोस्