सर्वोच्चको फैसलाले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको छ : देउवा
कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाले संविधान विपरित गरिएको कदमलाई सच्याएको बताएका छन् ।
देउवाले अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित गरिएको कदमलाई सच्याएको बताएका हुन् ।
प्रतिनिधिसभा विघटनलाई बदर गरेको सर्वोच्चले देउवालाई भोलि साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ । यसबारे सञ्चारकर्मीहरुलाई संक्षित प्रतिक्रिया दिएका देउवाले निष्पक्ष र धम्कीसँग नडराउने अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको बताएका छन् ।
सरकार गठनबारे सोधिएको प्रश्नमा उनले गठबन्धनमा आबद्ध दलहरुसँग छलफल गर्ने जानकारी दिएका छन् ।