Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 12, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेम्वाङ भन्छन् : ‘अदालतबाट फैसलाभन्दा पनि राजनीतिक कुरा आयो त्यसमा म स्तब्ध छु’

संविधानसभा अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वोच्च अदालतबाट फैसलाभन्दा पनि राजनीतिक कुरा आयो त्यसमा आफू स्तब्ध भएको बताएका छन् ।

नेम्वाङले संविधान र स्थापित अभ्यासबमोजिम फैसला गर्ने अधिकार पाएको सर्वोच्चले गरेको आदेशलाई एमाले कानूनको शासनमा विश्वस गर्ने शक्ति भएका कारण मानेर जानुको विकल्प नभएको बताए ।

उनले भने, ‘म स्तब्ध छु, यो फैसलाभन्दा पनि राजनीतिक कुरा आयो । यसबाट संविधान, कानून, स्थापित अभ्यास र संसदीय प्रणाली लगायतमा थुप्रै गम्भीर प्रश्नहरू फैसलाबाट उठ्न पुगेका छन् । कतिपय प्रसंगहरू पत्याई नसक्नुका छन् । म फैसला अध्ययन गर्दैछु ।’

 

 

प्रकाशित मिति: Jul 12, 2021

प्रतिक्रिया दिनुहोस्