Logo
१३ बैशाख २०८१, बिहीबार
(July 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२८ वर्षपछि अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।

आज (आइतबार) बिहान भएको खेलमा ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितको हो ।

रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा भएको खेलमा अर्जेन्टिनाको लागि खेलको २२औँ मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाएका थिए ।

सोही गोल नै अर्जेन्टिनाको उपाधिका लागि निर्णायक गोल बन्यो । रोड्रिगो डे पउलको लामो पासमा डि मारियाले अफसाइट ट्रयाप बिट गर्दै गोलकिपरसँग वान भर्सेस वानको अवस्थामा चिप गर्दै गोल गरेका थिए ।

सन् १९९३ मा मेक्सिकोलाई हराउँदै अर्जेन्टिनाले कोपा जितेयता २८ वर्षसम्म उपाधिविहीन थियो । यस बीचमा अर्जेन्टिनाले चार कोपा र एक विश्वकप फाइनलमा पुगे पनि पराजित भएको थियो ।

२००४ र २००७ को फाइनलमा ब्राजिलसँग पराजित भएको अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो ।

प्रकाशित मिति: Jul 11, 2021

प्रतिक्रिया दिनुहोस्