Logo
३१ असार २०८२, मंगलबार
(July 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागमती प्रदेश लोक सेवा आयोगले सार्वजनिक गर्यो लिखित परीक्षाको तालिका

बागमती प्रदेश लोक सेवा आयोगले लिखित परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

आयोगले प्रशासन सेवा तर्फको पहिलो चरणको परीक्षाफल प्रकाशित भइसकेको परीक्षा कार्यक्रमहरूको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

भदौ ४ गतेदेखि प्रशासन सेवा तर्फका चौथो, पाँचौँ र छैटौँ तहका परीक्षा कार्यक्रम हुने भएका छन् । प्रशासन सहायक चौथो तहको द्वितीय पत्रको परीक्षा भदौ ४ गते र तृतीय पत्रको परीक्षा भदौ ५ गते तोकिएको छ ।

यसैगरी भदौ ११ गते पाँचौँ तहको परीक्षा द्वितीय तथा तृतीय पत्र १२ र १३ गते सञ्चालन हुनेछन् । यस्तै अधिकृत छैटौँ तहको लिखित परीक्षा क्रमशः द्वितीय भदौ १७ गते, तृतीय १८ गते चौथो पत्र प्रशासन समूहतर्फको सामान्य प्रशासन विषयको १९ गते र लेखा र्फको २० गते हुने भएको छ ।

प्रकाशित मिति: Jul 10, 2021

प्रतिक्रिया दिनुहोस्