Logo
१५ चैत्र २०८०, बिहीबार
(July 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्पेनलाई हराउँदै इटाली युरो कपको फाइनलमा

स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटाली युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति सम्पन्न खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय खेल ११ को बराबरीमा टुंगिएपछि अतिरिक्त समय पनि गोलरहित भएको थियो ।

त्यसपछि पेनाल्टी सुटआउटमा इटाली ४-२ ले विजयी भयो ।इटालीले ६०औं मिनेटमा चियसाको गोलबाट अग्रता लिएको थियो । स्पेनका मोराटाले ८०औं मिनेटमा बराबरी गरेका थिए ।

खेलमा स्पेनले बल अधिक समय नियन्त्रणमा लिएपनि इटालीले छिटो आक्रमण गरेको थियो ।फिफा वरियतामा छैठौं नम्बरमा रहेको स्पेन र सातौं नम्बरमा रहेको इटाली दुवै फुटबलका महाशक्ति हुन् ।

इटालीले ४ पटक र स्पेनले एक पटक विश्वकप जितिसकेका छन् । तर, इटालीले खेलमा जीत हासिल गर्यो ।अब इटालीको फाइनल भिडन्त इंग्ल्यान्ड र डेनमार्कबीचको विजयीसँग हुनेछ ।

प्रकाशित मिति: Jul 7, 2021

प्रतिक्रिया दिनुहोस्