Logo
११ बैशाख २०८१, मंगलबार
(July 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६० वर्षका बृद्ध दोस्रो विवाह गर्न माग गर्दै बिजुलीको पोलमा चढेपछि…!

यो संसारमा मानिसको स्वभाव पनि फरक फरक हुने गर्छ । मानिस कस्तो संस्कृतिबाट हुर्केको छ त्यसमा पनि उसको स्वभाव फरक पर्ने गर्छ ।साथै मानिसको हर्मोनको कारण पनि कति मानिसले अस्वाभाविक व्यवहार देखाएका हुन्छन् ।

मानिसलाई प्राय मायाँ मोह घरपरिवार भनेको जवानीमा मात्र महत्व हुन्छ भनेर समाजमा व्याख्या गरेको पाइन्छ त्यसैले ६० बर्षकटेपछि मानिसहरु चारधाम तिर्थब्रर्त गरी प्रमेश्वको भक्तिमा धेरै ध्यान दिन्छन् ।

धेरै भन्दा धेरै भगवानको भक्ति गरेर पुण्य कमाउन चाहान्छन् । तर भारतमा ६० वर्षका एक व्यक्तिले भने दोस्रो विवाह गर्नको लागि पुरुषहरुले के के गर्न सक्छन् भन्ने कुरा पुष्टि गरेका छन् ।

यो घटनो भारतको राजस्थानको हो । राजस्थानको धौलपुर जिल्लामा ६० वर्षका एक बृद्धले दोस्रो विवाह गर्न माग गर्दै बिजुलीको खम्बामा चढेका छन् ।

उनी बिजुलीको पोलमा चढेको भिडियो हाल भाइरल भइरहेको छ । भिडियोमा एक युवाले धेरै मुस्किलले बृद्धालाई पोलबाट भुईमा उतारेको देखिन्छ ।

समाचारको अनुसार उनी चढेको पोलमा करेन्ट भने थिएन् । करेन्ट नभएर उनी मृत्युको मुखबाट बचेको बिजुलीका कर्मचारीहरु बताउछन् ।

बृद्धले विवाह गराउन परिवारलाई पोलमा चढेर दबाब दिएका थिए । बृद्धा पोलमा परिवार विवाहको लागि राजी हुने सोचका साथ चढेका थिए ।

वास्तवमा उनी हजुरबुवा भइसकेका छन् । उनको पत्नीको निधन भइसकेको छ भने उनका ३ छोरा र २ छोरीको पनि विवाह भईसकेको छ । एजेन्सी

 

प्रकाशित मिति: Jul 5, 2021

प्रतिक्रिया दिनुहोस्