Logo
२१ जेष्ठ २०८१, सोमबार
(July 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद् विघटनको मुद्दामा प्रधानमन्त्रीको तर्फबाट बहस जारी

संसद् विघटनविरुद्ध परेको रिटमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका कानुन व्यवसायीले संवैधानिक इजलासमा बहस गरिरहेका छन् । प्रधानमन्त्रीको तर्फबाट पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले बहस गरिरहेका छन् ।

प्रधानमन्त्रीको पक्षमा बहस गर्ने कानुन व्यवसायीका लागि छुट्याएको सम अब ४ घण्टा ३३ मिनेट बाँकी छ । प्रधानमन्त्रीको तर्फबाट बुधवार वरिष्ठ अधिवक्ता सुशिल पन्त, डा.सुरेन्द्र भण्डारी र विजयकान्त मैनालीले बहस गरेका थिए ।

संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् ।

अब सरकारको तर्फबाट बहस सकिएपछि सभामुखका कानुन व्यवसायीले बहस गर्नेछन् । त्यसपछि निवेदकका तर्फबाट जवाफी बहस हुनेछ ।

प्रकाशित मिति: Jul 1, 2021

प्रतिक्रिया दिनुहोस्