Logo
७ बैशाख २०८१, शुक्रबार
(June 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरी कांग्रेसमा केदार भण्डारी र गफार अंसारीको चर्चा

नेपाली काँग्रेको १४ औं महाधिवेशनको मिति नजिकिदै गर्दा प्रदेश १ स्थित सुनसरीमा नेताहरूबीच प्रतिष्पर्धा सुरु भएको छ ।

त्यसो त देसभर नै नेपाली कांग्रेसका कार्यकर्ता वडा, गाउँ, नगर, क्षेत्र र जिल्ला नेतृत्व चयनमा जुटेका छन् भने नेतृत्वका लागि आकांक्षीहरु समेत उमेद्वारी घोषणासँगै आन्तरिक प्रतिष्पर्धामा उत्रिएका छन् ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको संसोधित कार्यतालिका बमोजिम सुनसरीको श्रावण २६ गते हुने जिल्ला अधिवेशनमा यतिबेला नेतृत्वका लागि ३ जना आकांक्षीहरु देखिएका छन्।

हाल जिल्ला सचिव रहेका केदार भण्डारी, जिल्ला उपसभापति प्रदीप चौधरी, अर्का उपसभापति सञ्जय श्रेष्ठले जिल्ला सभापतिका लागि आफ्नो उमेद्वारी घोषणा गरेका छन् ।

यसमध्ये भण्डारीको संभावना र चर्चा बढी रहेको पाईएको छ भने सभापति/उपसभापति बाहेक अन्य पदमा खासै कसैले उम्मेदवारी घोषणा गरेका छैनन् ।

सुनसरीका दक्षिणक्षेत्रका नेता तथा हरिनगर पालिका अध्यक्ष गफार अंसारीले उपसभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

जिल्लाका २८ हजार सक्रिय सदस्यको अन्तिम नामावली बोकेर हाल केन्द्रिय कार्यालय आएका भण्डारीले भने – “मैले जिल्ला सभापतिमा आफनो उमेद्वारी घोषणा गरिसकेको छु ।”

संगठनलाई अझ सशक्त बनाएर लैजाने, प्रजातन्त्र सुदृढिकरणका लागि अभियान चलाउने, जिल्लाको शान्ति सुरक्षा र अमनचयनकालागि सम्बन्धित पक्षसँग सहकार्य गर्ने लगायतका कार्यहरु प्राथमिकताका साथ गर्ने उनको दावीरहेको छ ।

सभापतिमा ३ उम्मेदवारबीच प्रतिस्पर्धा देखिएपनि अहिलेसम्म जिल्ला उपसभापतिमा गफार अंसारीले मात्र उम्मेदवारी घोषणा गरेका छन् ।

पार्टी नेतृत्वलाई समावेशी र सक्षम नेतृत्व दिन मेरो उम्मेदवारी रहेको छ अंसारीले भने -कांग्रेसको गड सुनसरीको दक्षिणी भेग हो तर दक्षिणीभेगलाई जहिल्यै पनि पन्छाएर राखियो यसपटक यसै भेगबाट मेरो उम्मेदवारी हुनेछ ।

जिल्ला सभापतिका लागि क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यहरु गरी २८०५ जनाले मतदान गर्नेछन् ।

क्रियाशील सदस्यताको सूचिमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई कन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि असार ३० गतेभित्र रहेको छ ।

गाउँ/नगर वडा अधिवेशन श्रावण १२ गते, गाउँ नगर अधिवेशन श्रावण १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन श्रावण २० गते हुनेछ ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन श्रावण २३ गते हुनेछ भने एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन श्रावण २६ गते हुनेछ ।

त्यस्तै प्रदेश अधिवेशन भाद्र १ र २ गते र केन्द्रीय अधिवेशन भाद्र १६, १७, १८ र १९ गते काठमाण्डौमा हुने भएको छ ।

प्रकाशित मिति: Jun 30, 2021

प्रतिक्रिया दिनुहोस्