Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा रोहितराज बास्तोला नियुक्त

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा रोहितराज बास्तोला नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीको सिफारिसमा सोमबार बास्तोलालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।पोखरा महानगरपालिका-११ का बास्तोला २५ वर्षदेखि पोखरामा कानून व्यवसाय क्षेत्रमा क्रियाशील छन् ।

उच्च अदालत बार एशोसिएसन पोखराका पूर्वअध्यक्ष रहेका उनी डेमोक्रेटिक लयर्स एशोसिएसन कास्कीका पनि पूर्वअध्यक्ष हुन् । यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा मुख्य न्यायाधिवक्तामा राजेन्द्र घिमिरे थिए ।

गुरुङ पदमुक्त भएलगत्तै उनले राजीनामा दिएका थिए ।

प्रकाशित मिति: Jun 28, 2021

प्रतिक्रिया दिनुहोस्