Logo
१२ बैशाख २०८१, बुधबार
(June 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युरोकप : अष्ट्रियालाई २-१ गोल अन्तरले हराउँदै इटाली क्वार्टर फाइनलमा

युरोकप १६ औँ संस्करणको फुटबलको शनिवार भएको खेलमा इटाली क्वाटरफाइनलमा प्रवेश गरेको छ ।अष्ट्रियालाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम आठमा पुगेको हो ।

इङ्ल्यान्डको वेम्बली स्टेडियममा इटालीलाई जित दिलाउन फेडरिको चिसा र माटियो पेसिनाले एक–एक गोल गरेका थिए । अष्ट्रियाका सासा कलाडिज्कले एक गोल फर्काएका थिए ।

खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा इटालीले गोल गर्दै जित हासिल गरेको हो ।

खेलको ९५ औँ मिनेटमा चिसाले गोल गरे भने १०५ औँ मिनेटमा पेसिनाले गोल गर्दै इटालीलाई २-० को अग्रता दिलाए । यस्तै ११४ औँ मिनेटमा अष्ट्रियाका सासाले एक गोल फर्काएका थिए । तर जित्न भने सकेनन् ।

जितसागै अब इटालीले क्वाटरफाइनलमा बेल्जियम र पोर्चुगलसँग खेल्नेछ ।

 

 

प्रकाशित मिति: Jun 27, 2021

प्रतिक्रिया दिनुहोस्