Logo
७ जेष्ठ २०८१, सोमबार
(June 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दोस्रो चरणको छलफलमा जुटे विमलेन्द्र, शशांक र प्रकाशमान

नेपाली काँग्रेसका तीन नेता आसन्न १४ औं महाधिवेशनमा नयाँ समीकरण निर्माणका लागि छलफलमा जुटेका छन् ।

कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच छलफल भइरहेको भइरहेको छ ।

आगामी १४ औं महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध गठबन्धन बनाउने तयारीमा रहेका कांग्रेसका यी नेताहरु शशांक निवास महाराजगञ्जमा छलफलमा जुटेका हुन् ।

कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार सोमबारको बैठकको निरन्तरता स्वरुप तीन नेताबीच आज शुक्रबार विहान ११: ४५ बाट छलफल चलिरहेको छ ।

निधिले आगामी भदौमा हुने पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । सोही तयारी अनुसार उनले नेताहरुसँगको छलफललाई तीव्रता दिएका छन् ।

सोमबार निधि, सिंह र कोइरालाबीच बानेश्वरस्थित निधि निवासमा छलफल गरेका थिए । सोही साझा निधिले संस्थापन इत्तर पक्षका ९ जना युवा नेतासँग पनि छलफल गरेका थिए । युवा नेताहरुले पार्टीमा रुपान्तरण र पुस्तान्तरणको एजेण्डामा साथ दिने बताएका थिए ।

काँग्रेस सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा जुटेपछि दोस्रो तहका नेताहरु नयाँ समीकरणको खोजीमा जुटेको देखिन्छ ।

निधिले सुरुमा देउवासँग आफूलाई सभापतिमा समर्थन गर्न आग्रह गरेका थिए । देउवा समर्थन नगर्ने अडान लिएपछि निधिले प्रकाशमान र शशांकसँग आन्तरिक छलफल अगाडि बढाएको पाइन्छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि आज आफू पक्षीय नेताको बैठक बोलाएका छन्।

 

 

प्रकाशित मिति: Jun 25, 2021

प्रतिक्रिया दिनुहोस्